चितवनको भरतपुरमा कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईनमा राखिएका युवकको मृत्यु कोरोनाका कारण नभएको पुष्टि भएको छ ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएका तीस बर्षीय युवकको सो अस्पतालमा मंगलबार बिहान मृत्यु भएको थियो ।

मृतक बीरगंज बडा नम्बर २२ जगन्नाथपुर निवासी ३० बर्षीय सन्तोष यादवको स्वाप परीक्षण गर्दा कोरोना नलागेको पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा यादवलाई कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । उपचार गर्दागर्दै अस्पतालमा उनको मृत्यु भएपछि शवलाई अलग्गै राखेर नमूना जाँचको रिपोर्ट प्रतीक्षा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here