नेपालका चिनी उद्योगहरुले उत्पादन गर्ने चिनी बिक्न नसकेर गोदाममा थन्किने क्रम बढे पनि विदेशबाट चिनी आयात भने रोकिएको छैन ।

नेपाल सरकारले चिनी आयातमा १५ प्रतिशत कर बढाएर ३० प्रतिशत बनाए पनि चिनीको आयात नरोकिएको परिणामात्मक बन्देज नै लगाउनु परेको छ । त्यसपछि मात्र नेपाली चिनी बिकेर उद्योगीहरुले उखु किसानलाई भुक्तानी दिन सकेका छन् ।

नेपाल चिनी उद्योग संघले प्रेस बिज्ञप्ति जारी गरी जनाए अनुसार नेपाली उद्योगहरुले उत्पादन गरेका झण्डै दुई लाख मेट्रिन टन चिनी गोदाममा थन्किएको छ ।

नेपाली चिनी उद्योगहरुले बार्षिक रुपमा एक लाख ९० हजार मेट्रिक टन चिनी एत्पादन गर्ने गरेका छन् तर खपत भने त्यो भन्दा निकै कम हुनुका साथै भारतलगायतका देशबाट पनि चिनी आयात हुने गरेकाले नेपाली उखु उत्पादक र चिनी उद्योगीहरु मारमा छन् ।

नेपाली चिनी उद्योगहरुले ६४ रुपैयाँ मूल्यसम्ममा कारखानाबाट चिनी बिक्री गर्नसक्ने अबस्था छ । तर ५९ रुपैयाँ ३५ पैसासम्ममा बिक्री भईरहेको छ । बजारमा भने खुद्रामूल्य प्रति केजी ८० रुपैयाँसम्ममा बिक्री वितरण हुँदै आएको छ ।

उद्योगहरुले उत्पादन गरेको चिनी बिक्री नहुँदा उखु किसानहरुलाई उद्योगहरुले पैसा तिर्न सकेका छैनन् । परल भन्दा कम मूल्यमा चिनी बेच्नु पर्दा चिनी उद्योगहरुलाई बार्षिक दुई अर्ब २५ करोड रुपैयाँ हाराहारीमा घाटा लागेको चिनी उद्योग संघको दावी छ ।

नेपाली चिनी भन्दा भारतबाट आयातित चिनी सस्तो पर्ने हुँदा ब्यापारीहरुले आयात गरेर बिक्री गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here