सरकारले हालै  ‘जनताको जलविदुत कार्यक्रम’ मा समेटेको रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले आगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएका छन्।

रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ र साञ्जेन ५४ करोड ७५ लाख रुपैयाँ गरि कुल एक अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

रसुवागढीले निष्काशन गर्न लागेको १ सय रुपैयाँ अंकित दरका एक करोड २ लाख ६३ हजार १५० कित्ता शेयरमध्य चार प्रतिशत बराबरको ४ लाख १० हजार ५२६ कित्ता कर्मचारीहरुलाई र ५ लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएको छ भने बाँकी रहेको ९३ लाख ३९ हथजार ४६७ कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन ।

त्यस्तै साञ्जेनले निष्काशन गर्न लागेको १ सय रुपैयाँ अंकित दरका ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये चार प्रतिशत बराबरको २ लाख १९ हजार कित्ता कर्मचारीहरुलाई र २ लाख ७३ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएको छ भने बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन ।

चिलिमेका साहायक यी दुई कम्पनीले निष्काशन गर्ने आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार कित्ता सम्मको लागि पाँआवेदन गर्न पाउने छन । लगानीकर्ताले सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो शेयर प्रयोगकर्ताहरुले सो सफ्टवेयर मार्फत पनि आईंपिओमा आवेदन गर्न सक्नेछन ।

दुबै जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओमा लगानीकर्ताले छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन पाउने छन भने सो अवधिमा सबै शेयर खरीदका लागि आवेदन नपरेमा ढिलोमा जेठ ५ गतेसम्म आवेदन गर्न पाउने व्यवस्था रहेको  छ।

जनताको जलविद्युत आयोजना समेटिएका अन्य आयोजनाको शेयर खरीद गर्दा सुरुमा १० प्रतिशत मात्रै रकम बुझाएर आवेदन गर्न पाइनेमा यी जलविद्युत कम्पनीहरुको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढि भइसकेकोले आइपीओ खरीदको लागि अंकित मुल्यको शतप्रतिशत नै रकम बुझाएर आवेदन गर्नुपर्ने छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको रसुवागढीको आइपीओमा इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । रसुवा जिल्लामा १११ मेगावट क्षमताको आयोजना निर्माण गरीरहेको उसले २०२० भित्र निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको सान्जेनको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । सान्जेनले रसुवा जिल्लामा साढे ४२ मेगावाट क्षमता र १४ दशमलव ८ मेगावाट क्षमताको तल्लो र माथिल्लो साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ ।

रसुवागढीको कूल १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको छ भने साञ्जेनको कुल लागत ७ अर्ब बढि अनुमान गरीएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here