जनसेवी र स्वाभिमान लघुवित्तले बैशाख २७ गते शुक्रबारदेखि सर्बसाधारणमा आइपीओ बिक्री शुरु गरेका छन ।

जनसेवी लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा चार करोड ६३ लाख रुपैयाँ बराबरको चार लाख ६३ हजार कित्ता  र स्वाभिमान लघुवित्तले एक करोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार कित्ता साधारण शेयर (आइपीओ) बिक्रीमा ल्याएका हुन ।

जनसेवी लघुवित्तले बिक्री गर्न लागेको कुल ४ लाख ६३ हजार कित्तामध्य २३ हजार १६५ कित्ता सामुहिक लगानीकोष र ७ हजार १४५ कित्ता कर्मचारीको लागि छुट्टाएको छ भने बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको जनसेवीको आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । हाल ९ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपिओ बिक्रीपछि चुक्ता पूँजी १४ करोड ४३ लाख पुग्नेछ ।

पर्बतमा मुख्य कार्यलग रहेको जनसेवी लघुवित्तले २१ वटा शाखा कार्यलयमार्फत पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ ।

त्यस्तै स्वाभिमान लघुवित्तले बिक्री गर्न लागेको एक लाख ९८ हजार ६१० कित्ता आइपीओमध्य ९ हजार ९३० कित्ता सामुहिक लगानी कोष र ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न पाउनेछन ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको स्वाभिमानको आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने पाइने छ ।

रुपन्देहीमा मुख्य कार्यालय रहेको स्वाभिमाको हाल चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । आईपिओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

दुबै लघुवित्तको आइपीओमा आवेदन गर्न चाहाने लगानीकर्ताले सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयरमार्फत बैशाख ३१ गतेसम्म आवेदन दिन पनउनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here