जनसेवी र स्वाभिमान लघुवित्तले बैशाख २७ गतेदेखि सर्बसाधारणमा आइपीओ निष्काशन गर्ने भएका छन ।

जनसेवी लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा चार करोड ६३ लाख रुपैयाँ बराबरको चार लाख ६३ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो भने स्वाभिमान लघुवित्तले एक बरोड ९८ लाख रुपैयाँ बराबरको एक लाख ९८ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

जनसेवी लघुवित्तले बिक्री गर्न लागेको कुल ४ लाख ६३ हजार कित्तामध्य २३ हजार १६५ कित्ता सामुहिक लगानीकोष, ७ हजार १४५ कित्ता कर्मचारीको लागि छुट्टाएको छ भने बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको जनसेवीको आईपिओमा न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । हाल ९ करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपिओ बिक्रीपछि चुक्ता पूँजी १४ करोड ४३ लाख पुग्नेछ ।

पर्बतमा मुख्य कार्यलग रहेको जनसेवी लघुवित्तले २१ वटा शाखा कार्यलयमार्फत पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ ।

त्यस्तै स्वाभिमान लघुवित्तले बिक्री गर्न लागेको एक लाख ९८ हजार ६१० कित्ता आइपीओमध्य ९ हजार ९३० कित्ता सामुहिक लगानी कोष र ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार ५८७ कित्ता शेयरमा सर्वसाधारणले ओवदन गर्न पाउनेछन ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको स्वाभिमानको आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने पाइने छ ।

रुपन्देहीमा मुख्य कार्यालय रहेको स्वाभिमाको हाल चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । आईपिओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ६ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

दुबै लघुवित्तको आइपीओमा आवेदन गर्न चाहाने लगानीकर्ताले सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर शेयरमार्फत बैशाख ३१ गतेसम्म आवेदन दिन पनउनेछन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here