जनसेवी लघुवित्तले ४ लाख २० हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले सर्बसाधारणको लागि १ सय रुपैयाँ अंकित ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

इक्रा नेपालले कम्पनीको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ । जसले कम्पनीको अबस्था औसतभन्दा कमजोर रहेको देखाउछ ।

केन्द्रीय कार्यालय पर्वतको कुस्मामा रहेको लघुवित्तको कार्यक्षेत्र बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० वटा जिल्ला छ ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here