शेयर लगानी टिप्पणी ।

नेपालको शेयर बजारमा यस्ता मुर्ख केही लगानीकर्ताहरु पनि छन्, जो सबैभन्दा खराब कम्पनीहरुको शेयर रोज्छन् र अति उचालिएर शेयर किन्छन्, कतिले कमाउँछन्, धेरैले गुमाउँछन् । यो नपाली शेयर बजारको महा रोग नै हो । बेला बेलामा महामारी ल्याईदिन्छ ।

एभरेष्ट ईन्स्योरेन्स र युनाइृटेड ईन्स्यारेन्स नेपाली शेयर बजार क्षेत्रका सबैभन्दा कमजोर र संस्थागत सुशासन नभएका बीमा कम्पनीहरु भनेर चिनिन्छिन् तर बिहीबारको बजारमा तिनै कम्पनीहरुको शेयर मूल्य अत्यधिक बढेर शेयर बजारमा लगानी गर्नेहरु कति बुद्धिमत्तापूर्ण लगानी गर्दैछन् भन्ने देखाए । एभरेष्ट ईन्स्यारेन्सले त केही दिन देखि सर्किट हानेर मूल्यबृद्धिको एभरेष्ट नै चढिरहेको थियो भने बिहीबार दिउँसो युनाईटेड इन्स्यारेन्सले पनि एभरेष्टलाई साथ दिन आईपुग्यो ।

संस्थागत सुशासन अति कमजोर रहेको, ब्यवसाय बिस्तारमा पछि परेको, बित्तीय अबस्था संकटग्रस्त नै रहेको, विगतका बर्षहरुमा लाभांश नदिएको, यस बर्ष पनि कम्पनीको लाभांशको ठेगान नभएको, हकप्रद बिक्री गरेर पूँजी बढाए अनुसारको लाभांश वितरण गर्ने कुनै संभावना नभएको, मूल्य आम्दानी अनुपात पहिले नै अति धेरै रहेको, बाणिज्य बैंकहरुले शेयर धितो कर्जामा स्विकार नगर्ने यस्ता कम्पनीमा लगानीकर्ताहरु किन उचालिईरहेका छन् भन्ने कुरा रहस्यकै बिषय हो ।

शेयर बजारमा मूल्य बढ्न थाल्दा बेहोसी भएर खराब कम्पनीमा उचालिने र मूल्य घटेर घाटा भएपछि रोईकराई गर्न थाल्ने यहाँका केही लगानीकर्ताहरुको सदाबहार चरित्र नै हो यस्ता कम्पनीहरुमा लगानी गरेर डुब्नेहरुलाई शेयर बजारमा कसैले सहानुभुति दिनु पर्दैन किनभने यिनीहरु शेयर बजारमा डुब्नै आएका हुन् ।

शेयर बजारमा मुर्खहरु जत्ति पनि आउँछन्, जो यस्तै खराब कम्पनीहरुमा लगानी गरेर डुब्छन र अंगुर अमिलो रहेछ भन्दै पछुताएर कहिल्यै शेयर बजारमा फर्किदैनन् । यिनीहरु आफु पनि डुब्छन् र सोझा साझा लगानीकर्तालाई पनि डुबाउँछन् । केही नाफा गरेर भागे पनि अरु धेरै चाँही डुब्ने नै हो । हिजो एभरेष्ट ईन्स्योरेन्सको शेयर मूल् ३००० रुपैयाँ पुग्दा किनेका को चाँही नडुबेको होला ? विनोद चौधरी र राजेन्द्र खेतानको कम्पनी भन्दैमा आँखा चिम्लिएर लगानी गर्नेहरु कसरी पछारिन्छन् भन्ने हिजोको ईतिहासले प्रष्ट पारेकै छ ।

शेयर बजारमा लगानी गर्ने र ढुक्कको प्रतिफल प्राप्त गर्ने अरु धेरै कम्पनीहरु छन् । कतिपय गत बर्षकै लाभांश वितरण गर्न बाँकी, प्रति शेयर नेटवर्थ भन्दा सस्ता, मूल्य आम्दानी अनुपात एकदम कम भएका, जोखिमबहन गर्नसक्ने कम्पनीहरु छन् भने अरु कयौं संस्थागत सुशासन राम्रो रहेका, लाभांशको हिसाबले अति विस्वासिला, बृद्धि र बिकास हुँदै गरेका कम्पनीहरु छन् । तर त्यस्ता कम्पनीमा लगानी गर्न छाडी केही लगानीकर्ताहरु यस्ता खराब कम्पनीमा उचालिएर लगानी गर्दैछन् । भोलि पछुताउनु भन्दा अर्को विकल्प छैन ।

कम्पनीको हकप्रदको लोभमा फस्नेहरु विगतमा नराम्ररी डुबे र अहिले पनि डुब्छन् । डुब्ने चाहने र डुब्नेहरुलाई कसैले केही भन्न सक्दैन । शेयर बजारमा लगानी गरेर मज्जाले डुब्न पाईन्छ । यो उनीहरुको लगानी स्वतन्त्रताको कुरा हो ।

यसरी खराब कम्पनीमा उचालिनु हुँदैन भन्दा धारे हात लगाएर गाली गर्ने लगानीकर्ताहरु पूँजी बजार सुधार र बिस्तारको मागसहित आन्दोलन र आमरण अनशनमा बस्दा शेयरको मूल्य बढाउँन अनशन बस्यो भन्दै गिल्ला गर्नेहरु थिए । तर यस्ता लगानीकर्ताका लागि कसैले काँध थापेको थिएन ।

एभरेष्ट र युनाईटेडको बित्तीय अबस्था हेर्न यहाँ जानुहोस् ।

एभरेष्ट इन्स्योरेन्सले ३०० प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति

युनाइटेड इन्स्योरेन्सले प्रगतिमा देखियो यस्तो गिरावट

हकप्रदमा उचालिएर डुब्न नपुगेकाहरुलाई युनाईटेड ईन्स्योरेन्सले फेरि दियो मौका !

एभरेष्ट ईन्स्योरेन्सको साधारण शेयरमा संस्थापक हकप्रदको मूल्य समायोजन भएपछि शेयरधनीको विरोध

एभरेष्ट ईन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर मात्र हकप्रद बिक्री गर्ने

एभरेष्ट इन्स्योरेन्सले यस्तो गर्यो दोस्रो त्रैमासको प्रगति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here