बीमा कम्पनीहरुले जोखिम ब्यहोर्न नसकेपछि कोरोना बीमा योजना बीचमै बन्द हुने भएको छ ।

ब्यक्तिले एक पटकमा एक हजार र परिवारका सदस्यले छ सय रुपैयाँ बुझाएपछि एक बर्षसम्मका लागि एक लाख रुपैयाँ बराबरको बीमा हुने भनी तामाझामका साथ शुरु गरिएको कारोना बीमा कोरोन संक्रमण बढ्दै जाँदा बन्द गर्न लागिएको हो ।

नयाँ आर्थिक बर्ष २०७७ । ७८ को बजेट बक्तब्यमा महत्वका साथ परेको यो बीमा योजनाको जोखिम धान्ने क्षमता अहिलेका बीमा कम्पनीहरुमा नभएको भन्दै बन्द गर्न लागिएको छ, जबकि योजनामा तीन लाख बढीले सहभागिता जनाएर १६ करोड रुपैयाँ प्रिमियम संंकलन भईसकेको थियो ।

कोरोना संक्रमितहरुको संख्या एकैदिन ३०० सय जना भन्दा बढीले बढ्दा दावी भुक्तानी गर्न आफ्नो क्षमताले नभ्याउने देखेपछि बीमा कम्पनीहरु आँत्तिएका हुन् । उनीहरुले जेठ २३ गतेदेखि यस्तो योजनाको पोलिसी बिक्री बन्द गर्ने भएका छन् । बीमा गरेका कुनै ब्यक्तिलाई १५ दिनपछि कोरोना संक्रमण पुष्टि भयो भने तत्काल एक लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । अहिलेको प्रिमियमले एक हजार ६ सय ब्यक्तिलाई पनि उपचार खर्च दिन पुग्दैन । त्यसैगरी एकपटकमा ५०० रुपैयाँ भुक्तान गर्नेहरुलाई ५० हजार रुपैयाँ उपचार खर्च दिनुपर्ने हुन्छ ।

निर्जीबन बीमा कम्पनीहरुले कोरोना बीमा गराउँन तछाड- मछाड गरेका थिए । दावी भुक्तानी गर्न नसकिने अबस्था देखेपछि अब भने उनीहरुले बीमा समितिमा प्रस्ताब पठाएर योजना बन्द गर्न खोजेका छन् । कोरोनाबाट संक्रमितको संख्या दुई हजार छ सय नाघेको छ भने १० जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म कुनै दावी नपरे पनि बीमा कम्पनीहरु आगामी दिनमा आउने संकटबाट आँत्तिएको प्रष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here