ज्योति बिकाश बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले गत आर्थिक बर्षको तुलनामा ६४.७६ प्रतिशतले बढि खुदनाफा कमाएको हो । गत बर्ष बैंकले १७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य मुनाफा १५ करोड ९३ लाख रुपैयाँ रहेको छ भने ४० करोड १३ लाख सञ्चालन मुनाफा रहेको छ ।

बैंकले दोस्रो त्रैमाससम्मा २९ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले समीक्षा अवधिसम्म ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ४९ करोड र जगेडा कोषमा ५५ करोड ५४ लाख रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १६रुपैयाँ ७ पैसा रहेको छ भने, प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १०.०२ गुणा रहेको छ ।

बैंकको खराब कर्जा भने सामान्य बढेको छ । गत बर्ष ०.५९ प्रतिशत भएको खराब कर्जा चालु आर्थिक बर्षमा ०.८० प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here