डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यस आवको चैत मसान्तसम्ममा उल्लेख्य नाफा बढाउन सफल भएको छ । गत आवको तेस्रो त्रैमासमा १७ करोड ७५ लाख खुदनाफा गरेकोमा यस त्रैमास सम्ममा ३८ करोड ७२ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । नाफामा आएको बढोत्तरी झण्डै ६२ प्रतिशत हो ।

 

७७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूंजी रहेको यस लघुवित्तको जगेडा कोष पनि ४५ करोड ९० लाखबाट बढेर ६४ करोड २८ लाख रुपैयाँ पुगेको देखिन्छ । यस अवधिमा कम्पनीले ३ अर्ब ३४ करोड निक्षेप र ६ अर्ब ६ करोड सापटीसहित १० अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ । यी तीन वटै सूचकमा औसत ५० प्रतिशतको वृद्धि देखिन्छ ।

डिप्रोक्स लघुवित्तले तेस्रो त्रैमासमा ५८ करोड ४० करोड ब्याज आम्दानी गर्दै ३८ करोड ७२ लाख रुपैयाँ संचालन मुनाफा गर्न सफल भएको छ । गत आवको तुलनामा संचालन मुनाफा ६८ प्रतिशतले बढेको देखिन्छ ।

कम्पनीले खुद नाफामा छलाङ मार्दा प्रति शेयर आम्दानी ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने मूल्य आम्दानी ११ दशमलव ९७ गुणा मात्रै छ । प्रति शेयर नेटवर्थ भने १८३ रुपैयाँ ११ पैसा रहेको छ । गत आवमा शून्य दशमलव ७९ प्रतिशत रहेको निििस्क्रय कर्जा भने झिनो अंकले बढेर शून्य दशमलव ८८ प्रतिशत पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here