नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्यि संस्थामा तरलता समस्या आउन नदिन १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ७ दिनमा परिपक्व हुने गरी बिहिबार अपरान्ह ३ बजे बोलकबोल गरेर १५ अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्न लागेको हो । बैशाख १२ गते परिपक्व हुने रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।

रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव भएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

यसअघि अघिल्लो साता राष्ट्रबैंकले तरलता प्रवाह गर्न दश अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । सो रिपो विहिबार परीपक्क हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here