तराईमा हालै आएको बाढीले १६ वटा बीमा कम्पनीमा झण्डै दुई अर्बको बीमा दावी परेको छ ।

तराईमा बाढीले धेरै धनजन र बालीको क्षति पुर्याएपछि पाँच सय ३० वटा निबेदन मार्फत बिमितले एक अर्ब ८१ करोड बराबरको क्षतिपुर्ति भराई पाउन दावी गरेका हुन् ।

यसरी दावी परेका कम्पनीहरुमा नेशनल ईस्यारेन्स ५६ करोड, सिद्धार्थ ईन्स्योरेन्स २६ करोड, दि ओरेन्टल ईन्स्योरेन्स २१ करोड, शिखर ईन्स्योरेन्स १६ करोड, एनएलजी ईन्स्योरेन्स १५ करोड, लुम्बिनी जनरल ८ करोड, युनाईटेड ७ करोड, सगरमाथा ७ करोड, नेपाल ईन्स्योरेन्स ६ करोड छन् । त्यसैगरी प्रुडेन्सियल ३ कराड, प्रिमियर २ करोड, नेको २ करोड, एनबी २ करोड, एभरेष्ट २ करोड र हिमालयन जनरल २२ लाख रुपैयाँ रहेका छन् ।

यी दावीहरु मध्ये अग्नि बीमा अन्तर्गत सबैभन्दा धेरै एक अर्ब २८ करोडको दावी परेको छ भने ईन्जिनियरिड.तर्फ २८ करोडको दावी छ । मोटर बीमाको भने एक करोड ४८ लाख बराबरको मात्रै दावी परेको बीमा समितिले जनाएको छ ।

बाढीले धेरै बालीनाली नष्ट गरे पनि किसानहरुले कम बीमा गराएका कारण सबैभन्दा कम पशु बीमा तर्फ ३९ लाख र बाली बीमातर्फ ५ करोड बराबरको दावी परेको छ ।

सबै बीमा कम्पनीहरुले पुनर्बिमा गराएकाले बीमा कम्पनीहरु आफैले तिर्नुपर्ने भार भने कम भएको बताईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here