तारागाउँ रिजेन्सी होटल्सले आगामी जेठ २४ गते २२औं साधारण सभा डाकेको छ ।

साधारण सभाको मूख्य एजेण्डामा कम्पनीले घोषणा गरेको १२ दशमलव ६३ प्रतिशत अर्थात २३ करोड ८३ लाख रुपैयाँ नगद लाभांश अनुमोदन गर्नु रहेको छ ।

साधारण सभाका लागि जेठ ३ गते बुकक्लोज ताकिएकोले जेठ २ गत विहिबारसम्म शेयर खरिद गर्नेहरुले नगद लाभांश पाउने छन् ।

१ अर्ब ८८ करोड चुक्ता पूंजी रहेको तारागाउँको जगेडा कोषमा ६३ करोड ५० लाख रुपैयाँ हरेको छ । दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यसले २१ करोड ३८ लाख रुपैयाँ खुदनाफा कमाएको छ भने तेस्रो त्रैमास रिपोर्ट प्रकाशित गर्नै बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here