प्रदेश नंं ३ का नवनियुक्त प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो मन्त्रिपरिषद्मा  दुई मन्त्री नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई  पद तथा गोपनीयताको शपथ गराउनुभयो । स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।

अर्को मन्त्रिपरिषद् विस्तार नहुञ्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्नु हुने मन्त्रिपरिषद् कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताउनुभयो ।

नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नं प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निष्पक्ष र पारदर्शी ढंगले गर्ने बताउनुभयो । रासस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here