मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बेंकिङ एण्ड फाइनान्स लिमिटेडले एकै दिन साधारणसभा आवहान गरेका छन् । मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले भने उपयुक्त बैंक तथा वित्तिय संस्था सँग मर्जरमा समेत जान सकिने विचार व्यक्त गरेका छन् ।

यि तिनै फाइनान्सको साधारण सभा पौष २९ गते हुनेछ ।

मञ्जुश्री फाइनान्स लिमिटेडको साधारण सभा थापागाँउ ब्याङ्केट, नयाँ बानेश्बर मा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

संस्थाले १.७५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ९.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ पौाष १५ गते बुक क्लोज रहनेछ ।

साथै उक्त साधारण सभाबाट संस्थाको प्रबन्धपत्र र नियमावलीमा समेत संशोधन गरिने छ । आवश्यक परेमा वा उपयुक्त देखिएमा अन्य बैंक तथा वित्तिय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव पारित गर्नेछ ।

संस्थाको हाल कायम चुक्ता पुँजी ८० करोड ४० लाख रहेको छ ।

त्यसैगरी गुडविल फाइनान्सको साधारणसभा गुडविल कम्पलेक्स हात्तीसार काठमाडौंमा ११ बजेबाट शुरु हुनेछ ।

संस्थाले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सोको प्रयोजनार्थ पौष १६ गते देखि पौष २९ सम्म बुक क्लोज रहनेछ ।

संस्थाको हाल कायम चुक्ता पुँजी ८० करोड रहेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको साधारण सभा पनि पौष २९ गतेलाई नै तोकेको छ ।

साधारण सभा गुहेश्वरी भवन, हरीहर भवन ललितपुरमा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

संस्थाले आफ्ना शेयरधनीहरुलाई नगद रु. ५ करोड २० लाख रुपैया नगद लाभांश बापत वितरण गर्ने कार्यसुचिमा उल्लेख छ । सोको प्रयोजनार्थ संस्थाको शेयर दाखिला खारेज कार्य पौष २२ देखि पौष २९ गते सम्म बन्द रहने छ ।

उक्त साधारण सभाबाट संस्थाको प्रबन्धपत्र तथा विनियमावली संसोधन, उपयुक्त बैंक तथा वित्तिय संस्थासँग गाभ्ने/गाभिने सम्बन्धि सम्पुर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव पारित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here