शेयर बजारका लगानीकर्ताहरुको हकहितका लागि भन्दै खुलेका लगानीकर्ता संघहरु आ आफ्नो स्वार्थ अनुकुलका कामहरुमा संलग्न हुँदा सर्बसाधारण लगानीकर्ताहरु भने बलिको बोको जस्ता भएका छन् ।

शेयर लगानीकर्ता दबाब समूहले दुई महिना अघि ३२ बुँदै माग अघि सारेर आन्दोलन थालेपछि तीन वटा लगानीकर्ता संघहरु भने सरकारतर्फ लहसिएका छन् ।

धितोपत्र बोर्डले दबाब समूहको आन्दोलनलाई लगानी सम्मेलन भाँड्ने षडयन्त्रको रुपमा अर्थ लगाएर आफ्ना कमजोरीहरु ढाकछोप गर्ने साधन बनाएपछि तीन वटा लगानीकर्ता संघहरुले सरकारको समर्थन गर्दै बक्तब्यबाजी गर्नुले दबाब समूहलाई अरु आक्रामक बनाएको पाईएको छ ।

धितोपत्र बोर्डले लगानी सम्मेलन भाँडन् दबाब समूहले आन्दोलन गरेको भन्दै दमनकारी नीति लिएपछि दबाब समूहले आन्दोलन स्थगित गरेर सरकारी रणनीति असफल पारेको छ । दुई महिना अघि पेश गरिएको ३२ बुँदे माग पुरा गराउँन मात्र आफुहरु आन्दोलनमा गएको तर लगानी सम्मेलनलाई सफल पार्नुपर्ने पक्षमा रहेकाले त्यसमा बाधा नपुगोस भनी आन्दोलनको कार्यक्रम स्थगित गरिएको दबाब समूहको भनाई छ । तीन वटा लगानीकर्ता संघहरुले पूँजी बजारका समस्याहरुबारे मौनता साँध्दै लगानी सम्मेलन सफलताको नाममा बक्तब्यबाजी गरेर दबाब समूहको प्रतिरोधमा उत्रिएको देखिएको दबाब समूहको ठहर छ । । छोटेलाल रौनियार नेतृत्वको नेपाल इृन्भेष्टर्स फोरम, राधा पोख्रेल नेतृत्वको पूँजी बजार लगानीकर्ता संघ र उत्तम अर्याल नेतृत्वको शेयर लगानीकर्ता संघ नेपालले बुधबार राजधानीमा संयुक्त बैठक गरी दबाब समूहको आन्दोलन असफल पार्ने रणनीतिको बारेमा छलफल गरेको आरोप दबाब समूहले लगाएको छ ।

तीन वटा संघहरुले सरकारले राजधानीमा आयोजना गरेको लगानी सम्मेलनलाई स्वागत गर्न निकालेको बक्तब्य यस्तो छः

उता बुधबार नै दबाब समूहले पनि केही लगानीकर्ता संघहरु आफ्नो कुत्सित स्वार्थमा परिचालन भएको भन्दै निन्दा गरेको थियो ।

दबाब समूहको बक्तब्यमा केही लगानकिर्ता संघहरुलाई लक्षित गर्दै भनिएको थियो, “विभिन्न समूहरुको अमूक स्वार्थपुर्तिका लागि खुलेका लगानीकर्ताका केही संघसंस्थाहरुको गतिविधिबाट ती समूहमा आबद्ध केही ब्यक्तिको कुत्सित स्वार्थ, ईच्छा र चाहना मात्र पुरा गर्ने र आम लगानीकर्ताहरुको हक अधिकार मोलमोलाईको बिषय मात्र बनिरहनेतर्फ समेत सम्बन्धित सबैको ध्यानाकर्षण गराउँन चाहन्छौ । त्यस्ता स्वार्थी संघसंस्थाहरुको भण्डाफोर पनि गर्नेछौ ।”

दबाब समुहले धितोपत्र बोर्डमा गरेको तालाबन्दी र नेप्सेको अनशनमा प्रहरी दमन भएपछि शेयर लगानीकर्ता संघ र संरचना चौधरीको  नेपाल पूँजी बजार संघले बक्तब्य निकालेर सरकारी दमनको निन्दा गरेका थिए भने रौनियारको फोरम र राधाको सरकारी दमनको समर्थन गर्दै मौन बसेका थिए ।

लगानीकर्ता संघहरु नै सरकारको पक्ष र विपक्षमा भिड्न थालेपछि पूँजी बजार बिकास, बिस्तार, सुधार र लगानीकर्ताहरुको लगानी सुरक्षाको सवाल ओझेलमा पर्ने खतरा बढेर गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here