त्रिशुली जलविद्युत कम्पनीले निष्काशन गरेको प्राथामिक शेयर अर्थात आइपीओ बिहिबार बाँडफाँड भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा कम्पनीको शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपिओमा आवेदन गर्ने सबै आवेदकलाई २० कित्ताको दरले आइपीओ बाँडफाँड गरीएको छ भने २० कित्ताको दरले बाँडफाँड गर्दा बाँकि रहेको ५ लाख २ हजार ६७० कित्ता शेयर गोलाप्रथाबाट ५० हजार २६७ जना आवेदकलाई १० कित्ता थप गरी ३० कित्ता बाँडफाँड गरीएको छ ।

कम्पनीको आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको लागि आवेदन परेको थियो जसमध्य ६७ वटा आवेदन रद्ध भएको छ ।

यो आइपीओमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर आवेदन दिन सकिने दिन सकिने व्यवस्था गरिएको थियो । बाँकि ९० रुपैयाँ भने आयोजनाको ७५ प्रतिशत काम सकियपछि बुझाउनुपर्नेछ । आइपीओ बिक्रीबाट कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ ।

नुवाकोट तथा रसुवा जिल्लामा रहेको माथिल्लो त्रिशुली थ्रि वि हाइड्रो प्रोजेक्ट आयोजनाको निर्माण लागत ८ अर्ब २२ करोड हुने अनुमान गरिएको छ भने कम्पनीको साधारण लगानी फिर्ता हुन ७.९५ वर्ष लाग्ने छ ।

सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रम अन्तरगत आइपीओ निष्काशन गर्ने ३७ मेगावाट क्षमताको त्रिशुली जलविद्युत पहिलो कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here