सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लागू गरेको देश ब्यापी लकडाउनको अवधि लम्ब्याएर बैसाख ३ गतेसम्म पुर्याएको छ ।

मन्त्रिपरिषदको चैत्र २४ गते बैठकले चैत्र २५ गतेसम्म जारी रहेको लकडाउनको अवधि बढाएर बेसाख ३ गतेसम्म बनाउने निर्णय गरेको हो ।

चैत्र ११ गतेदेखि जारी रहेको लकडाउन पालना गरी घरैमा बसिरहेका आम जनता अब अर्को एक साता घरैमा बस्नुपर्ने भएको छ ।

पश्चिम नेपालमा कोरोना संक्रमण दर बढ्ने संभावना देखिएपछि सुदुुर पश्चिम प्रदेश सरकारले लकडाउन अवधि बढाउँन सिफारिस गरेको थियो ।

सरकारले जारी लकडाउनलाई अझ कसिलो पार्दै एक स्थानीय तहबाट अर्कोमा जान समेत प्रतिबन्ध लगाएको छ ।

नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएकोमा उक जनाको पूर्ण स्वास्थ्यलाभ भईसकेको छ । तर कैलालीमा आन्तरिक संक्रमण बढेको पुष्टि भएपछि अझ बढी सावधानी अपनाउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here