कोरोना संक्रमणको त्रासले तपाइँ घर बाहिर निस्केर दाल चामल लगायतका अत्याबश्यक खाद्य सामाग्री खरिद गर्न अफ्ठेरो मान्नु भएको छ ? चिन्ता नगर्नुहोस् । अब यस्ता खाद्य सामाग्री घरैमा पुर्याउन बी टी एम इन्टरनेसनल प्रा लि. ले सेवा शुरु गरेको छ ।

नुन चाहियो कि तेल,चामल चाहियो कि दाल,आटा,मैदा,साबुन,सरफ,सेम्फु,चाउचाउ,बिस्कुट देखि डाइपर र सेनिटरी प्याड नै किन नहोस् कम्पनीले तपाइँको घरसम्म पुर्याएर सेवा दिन थालेको छ ।

म्याट्रिक्स इृन्भेष्टमेन्ट प्रा. लिसँगको सहकार्यमा बीटीएमले उपत्यकाका सर्बसाधारणलाई यो सेवा दिन थालेको हो ।

ग्राहकले फोन नम्बर ४७२०५८६, ४७२०५८७ मा सम्पर्क गरी माग गरेमा कम्पनीले घरैमा सामान पुर्याउने ब्यवस्था मिलाउने र त्यसको भुक्तानी सामान लिएर आउनेलाई नै दिनसकिने ब्यवस्था मिलाएको छ । कम्पनीले सामान सुपथ मूल्यमा उपलब्ध गराउने गरी मूल्य सूची नै सार्वजनिक गरेको म्याट्रिक्स ईन्भेष्टमेन्ट प्रा. लिका संचालक उज्वलराज गौतमले बताए ।

कम्पनीले चाँडै नै अनलाइृन पोर्टल र एप्लिकेशनमार्फत खरिद आदेश र भूक्तानी गर्न सकिने ब्यवस्था गर्ने तयारी समेत गरेको गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here