दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नोक्सानी झनै बढेको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

कम्पनीले. विद्युत बिक्रीबाट आम्दानी बढाए पनि खर्च कम गर्न नसक्दा उसको खुद नोक्सानी अझै बढेको हो ।

गत बर्षको तेस्रो त्रैमासमा एक करोड ९९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको छ जुन गत बर्षको तुलनामा ३.५९ प्रतिशतले बढि हो ।

गत बर्ष विद्युत विक्रीबाट ३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको हाइड्रोपावरले यस बर्ष विद्युत बिक्रीबाट ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाइड्रोपावरले सार्बजानिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार उसको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोष ११ करोड ८८ लाख रुपैयाँले ऋणात्मक छ । गत वर्ष कम्पनीको जगेडा कोष ५ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो ।

हाइड्रोपावरको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here