समाज लघुवित्त र साधना लघुवित्तले  कुल ७ लाख ९३ हजार ८०० कित्ता साधारण शेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता र साधाना लघुवित्तले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न निवेदन दिएका छन् ।

समाज लघुवित्तले फागुन १६ गते र साधना लघुविले फागुन २७ गते आईपीओ निष्काशनको
स्वकृति माग गर्दै बोर्डमा आवेदन दिएका हुन्।

समाज लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। यस्तै साधाना लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमइ क्यापिटल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here