देवः विकास बैंकको लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि बुकक्लोज गर्ने मिति तय भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले असार ६ गते देखि १२ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । असार ५ गते सम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले वितरण्न गर्ने लाभांश पाउनेछन् ।

बैंकले गत कमाइबाट शेयरधनीहरुलाई ५.५ प्रतिशत बोनस बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनश शेयर वितरणको लागि बैंकले बुकक्लोज गर्न लागेको हो ।

हाल २ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here