देव: विकाश बैंकले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पँजीको साढे ५ प्रतिशत बोनश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन । बोनशमा लाग्ने कर भने शेयरधनी आफैले तिर्नुपर्ने छ ।

गत बर्ष १८ प्रतिशत लाभांश वितरण गरेको बैंकले यस बर्ष भने घटाएर लाभांश प्रस्ताव गरेको छ ।

देव: विकाश बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासमा २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ८७ पैसा कायम गरेको थियो । हाल दुई अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६१ करोड ३८ लाख रुपैयाँ राखेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here