नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक बर्षका लागि पूँजी बजार तथा बस्तु बिनिमय बजारका लागि नीति तथा कार्यक्रम घोषणा गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले साउन ४ गते आईतबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

बोर्डको नीति तथा कार्यक्रममा नेप्सेमा विदेशी रणनीतिक साझेदारी ल्याउने, गैर आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउन कार्यविधि बनाउने, बस्तु बिनिमय बजारका लागि अनुमति प्रदान गर्ने, शेयर कारोबार राफसाफलाई दुई दिनमा झार्ने, अनलाईन कारोबार प्रणालीमा डिम्याट र बैंक खाता आबद्ध गर्ने, ग्राहक पहिचान विवरण एकीकृत रुपमा उपलब्ध हुने ब्यवस्था गर्ने, शेयर कारोबारमा लाग्दै आएको लागत घटाउने लगायतका कुराहरु समेटिएका छन् ।

त्यसैगरी साना कम्पनीहरुका लागि अलग्गै कारोकार प्लेटफर्म उपलब्ध गराउने, फ्युचर र इृन्टेक्स ट्रेडिड. शुरु गर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पूँजी बजारमा आउँन प्रोत्साहित गर्ने, बुक बिल्डिड. प्रणाली लागु गर्ने जस्ता कार्यक्रमहरु पनि समेटिएका छन् ।

यस्ता छन् बोर्डका नयाँ कार्यक्रम

धितोपत्र बोर्डले विगतदेखि उठाउँदै आएको बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्सबारे भने केही बोलेको छैन । संसदको अर्थ समितिले त्यस स्म्बन्धमा तयार पारेको प्रतिबेदन कार्यान्वयनबारे अर्थ मन्त्रालय हुँदै कुनै निर्देशन नआएकाले बोर्ड यस बारेमा चुप बसेको बताईन्छ ।

बोर्डका अध्यक्ष धीष्मराज ढुंगानाको कार्यकालको पहिलो नीति तथा कार्यक्रम भएकाले उहाँको सोच यसा झल्किएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here