अघिल्ला दिनहरुमा तीब्र रुपमा घटेको सेयर बजारले बुधबार भने रंग फेरेको छ ।
गत सोमबार २५ अंकसम्मले घटेको बजारमा बुधबार सुरुमा २५ अंक बराबरको बृद्धि भई दिनभरि नै उतार चढाव भईरह्यो । अन्त्यमा ११.९४ अंकले मात्र समग्र बजार बढेर सूचक १५६६.५० मा रोकियो ।

कारोबार रकम गत सोमबारकै हाराहारीमा रहनु र अधिकांश कम्पनीको सेयर मूल्य बढ्नु बुधबार भएको कारोबारको बिशेषता हो । बीमा, बाणिज्य बैंक र लघुबित्त कम्पनीको सेयर मूल्य धेरै बढेको छ । बजार पूँजीकरण बढेर १८ खर्ब १७ अर्बमा उक्लिएको छ ।

बिक्रीमा चाप परेपछि बजारले थाम्न नसक्दा अघिल्ला दिनहरुमा सेयर मूल्य धेरै घटेको थियो । त्यसले लगानीकर्ताको मनोबललाई झन् कमजोर बनाईदियो तर बुधबार भने लगानीकर्ताको मनोबल केही बलियो बनेको जस्तो देखिएको छ ।

यस दिन नेपाल ईन्भेष्टमेन्ट बैंकको लाभांश घोषणामा भएको त्रुटीले बजार केही प्रभावित भए पनि सर्वाधिक कारोबार त्यही कम्पनीको भयो । बित्तीय आधार कमजोर रहेका लघुवित्तहरुको सेयर मूल्य धेरैले बढ्यो भने मूल्य धेरै घट्नेमा सामुहिक लगानी कोषहरु रहे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here