नेकपाको केपी ओली सरकारले आफ्नो कार्यकालको तेस्रो बजेट आज संघीय संसदमा प्रस्तुत गर्दैछ ।

देश राष्ट्रियता र कोरोना संक्रमण विरुद्धको जटिल लडाइँमा रहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडाले आजको संयुक्त सदन बैठकमा आफुले तयार गरेको तेस्रो बजेट बाचन गर्दैछन् । बजेट प्रस्तुतिका लागि आज संसदको संयुक्त बैठक अपराहन् ४ बजे बोलाईएको छ, त्यस भन्दा अगाडि मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई अनुमोदन गर्नेछ ।

साधारण खर्च र नाम मात्रका विकासे आयोजना हटाएर फजुल खर्च नियन्त्रण गरी वास्तविक बजेट ल्याउन ओली सरकारलाई दबाब परेको छ । त्यसैगरी निजी क्षेत्र मैत्री राहत प्याकेज र करसहुलियतसहितको बजेट ल्याउन चर्को माग छ । करको मामिलामा अर्थमन्त्री खतिवडा लगातार निजी क्षेत्रबाट आलोचित रहँदै आएका छन् ।

विगतका बजेटहरुमा पूँजी बजार विरोधी चरित्र प्रदर्शन गरेका अर्थमन्त्री खतिवडालाई यसपल्टको बजेटमा सच्चिएर विभिन्न सुधार र राहतका कार्यक्रम ल्याउनुपर्ने टार्ने नसकिने दबाब छ । नेपाल धितोपत्र बोर्ड सम्बद्ध स्रोतले दिएको जानकारी अनुसार उसले पठाएको अल्पकालीन र दीर्घकालीन पूँजीगत लाभकरसहित केही सुधार र राहतका कार्यक्रमहरु बजेटमा समाबेश हुने अपेक्षा गरिएको छ ।

कोरोना संक्रमण नियन्त्रणसमेत गरी स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना र राहत प्याकेजमा ठूलो बजेट परिचालन हुने अपेक्षा गरिएको छ । स्रोत र साधनको चरम अभाव हुने लक्षण्म देखिएको छ तर सरकारले चालु आर्थिक बर्षको भन्दा २ खर्बले बढी अर्थात १७ खर्बको बजेट ल्याउनसक्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here