देशमा लघुवित्तहरुको संख्या आवश्यकता भन्दा बढी भईरहेको र सानाखाले लघुवित्तहरुले ब्यावसाय विस्तार गर्न नसकिरहेको बेला लघुवित्त कम्पनीहरुबीच पनि मर्जर शुरु भएको छ । मंगलबार नागबेली लघुवित्त, मिर्मिरे लघुवित्त र किसान लघुवित्तले मर्ज हुने सहमति गरेका छन् ।

सुदूर पूर्वको झापामा प्रधान कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्था, काभ्रेमा प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था र सुदूर पश्चिमको कैलालीमा प्रधान कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी औपचारिक रुपमा मर्जरको घोषणा गरेका हुन ।

मर्जर सम्बन्धि सम्झौतापत्रमा मिर्मिरे लघुवित्तका तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा, नागबेली लघुवित्तका तर्फबाट अध्यक्ष दीप बहादुर श्रेष्ठ र किसान माइक्रोफाइनान्सको तर्फबाट अध्यक्ष नेत्र प्रसााद जोशीले हस्ताक्षर गरेका छन ।

मर्जर प्रकृयाको लागि मिर्मिरे लघुवित्त वित्तिय संस्थाका सन्तोष फुयलको संयोजकत्वमा तीन सदस्यीय मर्जर समिति गठन भएको छ । समितिमा नागवेली लघुवित्तका संजय कुमार श्रेष्ठ र किसान माइक्रोफाइनान्सका खिमाराज न्यौपाने सदस्य रहेका छन ।

राष्ट्रिय स्तरको लघुवित्त कम्पनी बन्ने उद्धेश्यले यिनीहरु मर्जमा जान लागेका हुन् । नागबेलीको चुक्ता पूंजी हाल १६ करोड ७६ लाख ७९ लाख रुपैयाँ रहेको छ भने मिर्मिरेको चुक्ता पूंजी १३ करोड ११ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै किसान माइक्रोको चुक्ता पूंजी ८ करोड ९७ लाख ९७ हजार रुपैयाँ रहेको छ । तीन वटाबीच मर्ज भएपछि चुक्ता पूंजी ३८ करोड ८६ लाख रुपैयाँ भन्दा माथि पुग्ने छ । जसबाट उनीहरुलाई राष्ट्रिय स्तरको लघुवित्त बन्नका लागि सहज हुने छ ।

शेयर स्वाप रेसियो भने सम्पत्ति तथा दायित्व मूल्याङ्कन  (डिडिए) रिपोर्टबाट कायम गरीने छ । डिडिए रिपोर्टले कायम गरेको शेयर स्वाप रेसियो तीनै लघुवित्तले मान्ने सहमति भएको छ ।

देशको सुदूर पूर्व, मध्य र सुदूर पश्चिमलाई आधार बनाएर काम गर्दै आएका लघुवित्तहरुबीचको मर्जर पछि उनीहरुको कार्य क्षेत्र पनि एकै पटकमा देशब्यापी बन्ने छ ।

मर्जरपछि कम्पनीको नाम किसान लघुवित्त वित्तिय संस्था रहनेछ भने प्रधान कार्यलय हाल मिर्मिरे लघुवित्तको मुख्य कार्यलय रहेको स्थान बनेपा ८, काभ्रेपलान्चोकमा रहेनेछ । लघुवित्तको लागो र कर्पोरेट कलर मिर्मिरे लघुवित्तकै हुनेछ ।

एकिकृत सस्थाको अध्यक्ष टेक बहादुर बोहोरा, प्रमुख कार्यकारी अधिकृत कुमार याक्सो र नायब प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहोरा रहनेछन ।

मर्जरमा जाने सहमतिपछि मंगलबारबाट नेपाल स्टक एक्सचेञ्जले तिनवटै कम्पनस्को दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here