नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर शेयर बजार प्रबेश गर्ने बारेमा नेपाल स्टक एक्सचेन्जबाट रहस्यमय ढिलाई भएको छ । गत साता नै नेप्से र धितोपत्र बोर्डमा स्वीकृतिका लागि निबेदन दिएको नागरिक स्टक डिलरलाई नेप्सेले सिफारिस नगरेका कारण धितोपत्र बोर्डले अन्तिम स्वीकृति दिन सकेको छैन ।

नेप्सेबाट सिफारिस प्राप्त हुनासाथ स्टक डिलरलाई स्वीकृति दिने तयारीमा धितोपत्र बोर्ड बसेको छ ।

शेयर बजारमा माग र आपुतिको अबस्था सन्तुलनमा राखी स्थिरता ल्याउन स्टक डिलरको अवधारणा ल्याईएको हो ।

पाँच अर्ब चुक्ता पूँजी रहेको नागरिक स्टक डिलरले अर्बौ रुपैयाँ पूँजी बजारमा प्रत्यक्ष रुपमा प्रबाह गर्नसक्छ ।

स्टक डिलरले आफ्नोप्रमुख कार्यकारीका लागि बल्ल बिज्ञापन गरेर १५ दिन भित्र आबेदन गर्न भनेको छ ।

नागरिक स्टक डिलरको प्रमुख कार्यकारी हुन व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्रमा स्नाकोत्तर तह उर्तिण गरेको वा स्नातक तह उर्तिणसहित चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको योग्यता तोकिएको छ ।

यसका साथै बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, धितोपत्र बजारको क्षेत्रमा कम्तिमा चार वर्ष व्यवस्थापकीय वा सो सरह काम गरेको अनुभव हुनुपर्नेछ भने उम्मेदवार ३० वर्ष पुराभई ५८ वर्ष ननाघेको हुनुपर्ने छ ।

आबेदकले पाँच हजार शब्दसम्मको सिमामा नागरिक स्टक डिलर कम्पनीको व्यवसायिक रणनीति सहितको कार्ययोजना पेस गर्न भनेको छ ।

स्टक डिलरले कार्यालय संचालनका लागि घर भाडामा लिएर आबश्यक तयारी प्रक्रिया भने अगाडि बढाएको छ ।

धितोपत्र बोर्डले कर्मचारी संचय कोष र अन्य सरकारी कोषहरुलाई पनि पूँजी बजारमा आउँन सहजीकरण गरिरहेको छ । कर्मचारी संचय कोषले पनि चाँडै नै स्टक डिलर ल्याउने भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here