नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ५८ प्रतितश भन्दा बढीले बढाएर ७ करोडबाट ११ करोड पुर्याएपछि सेयरधनीमा आश जागेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ३३ लाख रुपैयाँ मात्र खुद नाफा गरेको कम्पनीको यस बर्षको प्रगतिले सेयरधनीलाई आश जगाउन सफल भएको छ ।

कम्पनीले खुद बिमा शुल्क आर्जन ४७ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीको चुक्ता पूँजी अहिले ७८ करोड ४१ लाख रुपैयाँ छ । नेकोको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८६ कायम भएको छ ।

कम्पनीमा डा. उपेन्द्र महतो समूहको २०, राष्ट्रिय बाणिज्य बैंकको २० र अन्यको २० गरी ६० प्रतिशत संस्थापक लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here