निर्जीवन क्षेत्रको नेको इन्स्योरेन्सले तेस्रो त्रैमासमा सन्तोषजनक प्रगती हासिल गरेको छ । गत आवको चैतसम्ममा २१ करोड ३ लाख खुद नाफा गरेको नेको ईन्स्योरेन्सले यस पटक खुद नाफा बढाएर २५ करोड १५ लाख रुपैयाँ पुर्याएको छ । नाफा वृद्धिको यो दर २० प्रतिशत हो ।

यस अवधिमा नेकोले ८५ करोड ७० लाख रुपैयाँ खुद वीमा प्रिमियम आर्जन गरेको छ । जुन गत आवमा ७२ करोड ३ लाख रहेको थियो । वीमा लेख पनि १९७ हजारबाट २ लाख ४ हजार पुगेको देखिन्छ । यस अवधिसम्ममा कम्पनीले ३ हजार ४२२ दाबी भुक्तानीका लागि ६२ करोड ७० लाख रुपैयाँ खर्च गरेको देखिन्छ ।

१ अर्ब १७ लाख रुपैयाँ चुक्ता पूंजी रहेको नेकोको वीमा कोषमा ६६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

चैतसम्मको वित्तीय विवरण अनुसार यस कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ५२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १८ दशमलव २४ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ २०९ रुपैयाँ २९ पैसा रहेको छ । नेको ईन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गर्न बाँकी नै छ ।

अकोतर्फ, ६० प्रतिशत हकप्रद निश्कासनको तयारीमा रहेको निर्जीवन वीमा कम्पनी एनएलजीले भने तेस्रो त्रैमासमा नगन्य नाफा बढेको रिपोर्ट प्रकाशित गरेको छ । गत चैत सम्ममा १५ करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको वित्तीय विवरण प्रकाशित गरिएको हो । जुन गत आवको सोही अवधिको भन्दा १ दशमलव ५९ प्रतिशतले मात्रै बढी हो ।

कम्पनीले गत आवमा ५५ करोड ६० लाख खुद प्रिमियम आर्जन गरेकोमा यस पटक घटेर ५३ करोड ६० लाखमा झरेको छ । दाबी भुक्तानी भने २ दशमलव २५ प्रतिशतले बढेर ३२ करोड ९७ लाख गरेको देखिन्छ । एनएलजीले १ लाख २४ हजार रहेको वीमा लेखको संख्या पनि बढाउन सकेको छैन ।

६४ करोड ४ लाख रुपैयाँ चुक्ता पूंजी रहेको कम्पनीको वीमा कोष ७८ करोड ४१ लाख रुपैयाँको छ । जुन गत आवमा ६५ करोड ६८ लाख थियो । गत चैतसम्मको विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात २६ रुपैयाँ ८९ गुणा छ । नेटवर्थ २६२ रुपैयाँ रहेको छ ।

कम्पनीले ६० प्रतिशत हकप्रद निश्कासनको निर्णय गर्न यही जेठ १४ गते विशेष साधारण सभा डाकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here