नेपाल ईन्भेष्टमेन्ट बैंकले गत बर्षको खुद नाफा र जगेडा कोष उपभोग गरी लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कुरा नेपाल स्टक एकसेचन्जमार्फत सार्बजनिक भयो । अघिल्ला दिनमा ७४३ रुपैयाँमा रहेको सेयर मूल्य ८०५ रुपैयाँसम्म पुग्यो ।

धेरै बोनस आयो भन्दै लगानीकर्ताहरुले उत्साहित भएर त्यसको सेयर किने तर त्यो खुशी धेरै समय टिक्न सकेन । बैंकले जव कम्प्युटरमा टाईप गर्दा गल्ति भएको भन्दै अघिल्लो सूचना सच्चायो अनि उचालिएर सेयर किन्ने लगानीकर्ताहरु थचारिए । नेप्सेमार्फत दोहोरो सूचना प्रबाह हुँदा सयौं लगानीकर्तामा नराम्रो संदेश गयो ।

बैंकले पछि १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश प्रस्ताब भएको भन्दै सूचना सच्याएर आफ्नो कमजोरी स्वीकार गरेको छ ।

हेर्नुहोस् बैंकले नेप्सेमार्फत पहिले जारी गरेको सूचना

त्यसपछि सुधारिएको सूचना

बैंकको पत्रमा यस्तो कुरा उल्लेख छः


सेयर बजार निकै संबेदनशील क्षेत्र हो र यहाँ प्रबाह हुने सूचनामा सानो कमजोरीले पनि हजारौ लगानीकर्ताको करोडौ लगानी गुम्नसक्छ भन्ने कुरालाई ख्याल गर्नेपर्छ । पछिल्लो घटनाबाट हतारिएर सेयर किन्न र बेच्न हुन्न भन्ने पाठ लगानीकर्ताले पनि सिक्नैपर्छ । अहिले भएको क्षतिको क्षतिपुर्ति चाँही कसले कसरी गर्ने हो भन्ने प्रश्न पनि गंभीर हो । यसमा नेप्सेको पनि केही जवाफदेहिता अबश्य हुनुपर्छ ।

नौ अर्ब २४ करोड चुक्ता पूँजी रहेको नेपाल ईन्भेष्टमेन्टको लाभांश प्रस्ताब चाँही नराम्रो हैन । एक अर्ब ३८ करोड पूँजी थपेर १० अर्ब ६२ करोड पुरयाउने र लगानीकर्तालाई तिहार मनाउने आकर्षक नगद लाभांश पनि दिने बैंक साँच्चै राम्रो हो । बैंकका धेरै आधारभुत सूचकहरु राम्रा छन् ।उसलाई अब १५ अर्ब चुक्ता पूँजीको लक्ष्य टाढा छैन भन्ने देखिन्छ, जसले कारोबार बढाउँन धेरै सहयोग गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here