अरु दुर संचार प्रदायक कम्पनीहरुले सेवा बिस्तार गरेर आम्दानी बढाईरहेको बेला सरकारी कम्पनी नेपाल टेलिकमको भने उल्टो गति देखिएको छ ।

टेलिकमले सेबा बिक्री गरेर झन् अम्दानी बढाउनु पर्नेमा यस बर्षको तेस्रो त्रैमाससम्ममा झन् आम्दानी घटेको छ ।

नेपाल टेलिकमले गत बर्षको तुलनामा खुद नाफा घटाएर चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत बर्ष ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा कमाएको नेपाल टेलिकमले चालु आर्थिक बर्षको सोहि अवधिमा ९ अर्ब ९८ करोड ३९ लाख आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा १ अर्ब ८७ करोडले कम हो ।

कम्पनीको सेवा बिक्रीबाट २७ अर्ब ५० करोड रुपैयाँ कमाएको छ । कम्पनीले गत बर्षको यसै अवधिमा सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड रुपैयाँ कमाएको थियो । कम्पनीले प्रशाशनिक खर्च भने घटाएको छ ।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ८६ अर्ब ४० करोड रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ ६७६ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात ७.०२ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here