नेपाल टेलिकमको ९० रुपैयाँमा बिक्री गर्दै आएको  जिएसएम वा सिडिएमए प्रिपेड नयाँ सिमकार्डमा उपलब्ध हुँदै आएको ५० रुपैयाँ मेन ब्यालेन्सको सट्टामा थप सुविधा उपलब्ध गराउने भएको छ । नयाँ सिम खरिदमा १६ पुस देखि ब्यालेन्स तथा थप सुविधा उालब्ध हुने टेलिकमले जनाएको छ ।

नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सका रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टकटाइम,६० एमबी डाटा र २० वटा एसएमएसे सुविधासमेत उपलब्ध हुने जनाईएको छ ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न एसएमएस पठाउन वा डाटा चलाउन सकिनेछ भने ४० मिलेट टकटाइम र २० वटा एसएमएस एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

यसअघि नै सिमकार्डको खरिद गरी एक्टिभेट नगरेका गा्रहकले १५ पुससम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्थाअनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त गर्नेछन् भने सोभन्दा पछि एक्टिभेट गरेका नयाँ व्यवस्थाअनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here