नेपाल पुनर्बीमा कम्पनीको प्राथमिक शेयर अर्थात आईपीओमा आबेदन गर्नेहरुलाई शेयर बाँडबाँड भएको छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकरका अनुसार ४० कित्ताभन्दा कम आवेदन गर्ने लगानीकर्ताले माग अनुसारकै आइपीओ पाएका छन् । त्यो भन्दा धेरै शेयर माग गर्नेको हकमा अधिकतम ५० कित्ता शेयर प्राप्त गरेका छन् ।

३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर पाएका छन् भने ९ सय ८८ जनाको आबेदन रद्द भएको छ । ५० कित्ता शेयर पाउनेमा ७७ हजार २सय ४५ जना छन् ।

१० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जना, २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जना , ३० कित्ता आवेदन दिने एक लाख २७ हजार ७ सय २३ जना, ४० कित्ता आवेदन दिने २० हजार ९ सय २९ जनाले शेयर हात पारेका छन् । ३ लाख १३ हजार ६ सय ४७ ले ४० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । ५० कित्ता भन्दा माथि आबेदन गर्ने ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट बाँकी रहेको शेयर भाग लगाईएको थियो ।

कम्पनीले एक करोड ६० लाख कित्ता मध्ये १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरेको हो ।

अब यस कम्पनीको शेयर बैसाख महिना भित्रमा नेप्सेमा सूचीकरण भएर कारोबारमा आउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here