नेपाल पुनर्बिमा कम्पनीले सर्बसाधारणमा बिक्री गरेको एक करोड ६० लाख कित्तासहित आफ्नो चुक्ता पूँजी बराबर अर्थात १० करोड कित्ता शेयर अभोतिकीकरण गराउने कार्य सम्पन्न गरेको छ ।

सीडीएससीबाट अभौतिकीकरण कार्य सम्पन्न गरी आईएसआईएन नम्बर NPE353A00000 प्राप्त गरेर शेयर रजिष्ट्रार तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट मार्फत नेप्सेमा सुचीकरणका लागि निबेदन दिएको छ । नेप्सेले यही साता शेयर सूचीकरण गरेमा अब खुल्ने बजारमा पुनर्बिमाको शेयरले चहलपहल ल्याउने अपेक्षा गर्न सकिन्छ ।

कम्पनीले आईपीओ बिक्री गर्दा जारी गरेको प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ रहेकोमा त्यसको तीन गुुणासम्म गएर शुरुवाती मूल्य कायम हुनसक्छ । यस आधारमा भन्दा ४ सय ४५ रुपैयाँ भित्रमा शुरुवाती मूल्य तोकिनसक्छ । कुन रेन्जबाट कारोबार शुरु हुन्छ भन्ने कुराले पनि फरक पार्नसक्छ ।

बिगतमा आईपीओ बिक्रीमा ल्याएर शुरुवाती मूल्यसहित दोस्रो बजारमा शेयर कारोबार खोलेका कम्पनीहरुको शेयरमा पहिले अत्यधिक माग देखा परेर मूल्य उकासिने र पछि तल झरेर महंगो मूल्यमा शेयर किनेकाहरु पछुताउनु पर्ने अबस्था रहने गरेको थियो । पुनर्बिमाको शेयर आपुर्ति भने बजारमा धेरै रहेको र आबेदन गर्ने हरेकको हातमा शेयर हुनुले आईपीओको शेयर शुरुमा उचालिने अनि अलि पछि थचारिने प्रबृत्ति यसपल्ट भने नदोहारिनसक्छ ।

तीन लाख ९० हजार ३ सय ३८ जनाको हातमा १० कित्तादेखि ५० कित्तासम्म शेयर हुनुले बजारमा पर्याप्त आपुर्तिको अवस्था झल्काउँछ । १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जना, २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जना , ३० कित्ता आवेदन दिने एक लाख २७ हजार ७ सय २३ जना, ४० कित्ता आवेदन दिने २० हजार ९ सय २९ जनाले शेयर हात पारेका छन् । ३ लाख १३ हजार ६ सय ४७ ले ४० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । ७७ हजार २ सय ४५ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् ।

शेयर बजार माग र आपुर्तिको आधारमा संचालन हुने, कम्पनीको अवस्था, लगानीकर्ताको मनोबल र अन्य कुराहरुले पनि प्रभाव पार्ने हुँदा बजार खुल्दाको अबस्थामा पनि भरपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here