भारतीय साईवर आक्रमणकारी (ह्याकर)हरुले नेपालका सरकारी कार्यालयहरुको वेवसाईट ह्याक गरी डाटाहरु नियन्त्रणमा लिनुका नेपालको भुमि लिम्पियाधुरा समेतको प्रसंग आएपछि दुई देशका ह्याकरहरुबीच चलेको साईवर वार समाप्त भएको छ ।

नेपालका ह्याकर सतन (SATAN)ले भारतीय आधार कार्डको वेवसाईटमा ह्याक गरी दुई करोड भारतीयहरुको विवरण ह्याक गरेका थिए । त्यसपछि भारतीय ह्याकरहरु(Indian Cyber Troops)ले नेपाली ह्याकरसँग सम्पर्क गरी अब आईन्दा एकले अर्कोलाई आक्रमण गर्ने र विवादका बिषयहरु आ आफ्ना देशका सरकारलाई छाड्ने स्पष्ट गरेका छन् ।

नेपाली ह्याकर सतनले पनि आफ्नो तर्फबाट आक्रमण शुरु नभएको स्पष्ट पार्दै भारतीय पक्षले आफ्नो गल्ति सुधार गर्न, आफ्नो सुरक्षा गरेर मात्र अर्कामाथि आक्रमण गर्न चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here