नेपाल वंगलादेश बैंकले पनि ऋणपत्र निश्कासन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ईकाई ऋणपत्रको विक्री जेठ १० देखि खुलाउने भएको हो । ऋणपत्र विक्रीको अवधि छिटोमा जेठ १४ र ढिलोमा असार ८ सम्म रहने जनाइएको छ ।

दश वर्षे उक्त योजना अन्तर्गत लगानी गर्नेहरुले १० दशमलव २५ प्रतिशत ब्याज प्राप्त गर्ने छन् । २० लाख युनिट मध्ये सर्वसाधारणका लागि ४० प्रतिशत विक्री गरिने छ । जसको ५ प्रतिशत अर्थात ४० हजार ईकाई भने सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

अर्ध वार्षिक रुपमा ब्याज प्रदान गरिने यस योजनामा सहभागी हुन चाहनेहरुले प्रति ईकाई एक हजार रुपैयाँको दरले कम्तिमा २५ र बढीमा १ लाख ईकाई खरिद गर्नु सक्ने छन् ।

नविल ईन्भेष्टमेन्ट बैंकिङ विक्री प्रबन्धक रहेको यस ऋणपत्रमा सी आस्वा मार्फत पनि लगानी गर्न सकिने छ । २०८५ सालमा ऋणपत्रको अवधि समाप्त हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here