नेपाल हाइड्रो डेभलोपर कम्पनीले गत बर्षको कमाइबामट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ लाख ४७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल २६ करोड शेयर पुँजी रहेको कम्पनीले जगेडा कोषमा २ करेड ८४ करोड रुपैयाँ राखेको छ । उसले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ७२ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here