शेयर दलाल, लगानीकर्ता र बजार सम्बद्ध अन्य पक्षहरुको आग्रह र राय विपरित नेप्सेका प्रमुख कार्यकारी चन्द्रसिंह साउदको जोडबलमा गत आईतबार भएको शेयर कारोबारको समेत सेटलमेन्ट स्थगित भएको छ ।

सीडीएससीले चैत्त ११ गने सूचना प्रकाशित गरी सरकारले कोरोना संक्रमण रोक्न चैत्र ११ देखि १८ गतेसम्म अत्याबश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाउँदै भएका शेयर कारोबारहरुको राफसाफ तथा फस्छ्यौटहरु पनि स्थगित भएको जनाएको छ ।

शेयर कारोबार गर्नु असहज भएको भन्दै बन्द गराउँन गएका लगानीकर्ताका नेता र साउदवीच नेप्से परिसरमै चर्को विवाद भएको थियो तर नेप्सेले कारोबार बन्द नगरी ब्रोकरहरुलाई सिष्टम खोल्न लगाएर आईतबार १९ करोड रुपैयाँको किनबेच गराएको थियो । बजार सम्बद्ध पक्षहरुको तीब्र दबाब पछि अर्थमन्त्री डा. युवराज खतिवडा बजार बन्द गर्न बाध्य भएपछि धितोपत्र बोर्डमार्फत पाँच कार्य दिन बजार बन्द गरिएको छ ।

यसअघि चैत्र १० गते सीडीएससीले चैत्र १० गते शेयर कारोबार पाँच कार्य दिनलाई स्थगित भए पनि राफसाफ भने जारी रहने जनाएको थियो ।

सरकारले कोरोना संक्रमणको अबस्था हेरी चैत्र १८ गतेपछि पनि अत्याबश्यक सेवाहरु बन्द जारी राख्ने निर्णय गरेमा सेटलमेन्टको समय अरु पछि धकेलिने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here