कुमारी बैंकसँग विलयको प्रक्रियामा रहेको देव विकास बैंकको रोक्का रहेको शेयर कारोबार असार २२ गते सोमबार अचानक खुल्दा केही लगानीकर्ताले किनबेच गर्न समेत भ्याएका छन् ।

नेप्सेको अनलाईन कारोबार प्रणालीको भद्रगोलको बीचमा देव बिकास बैंकको कारोबार खुलेको थियो । कारोबार खुलेपछि चारवटा ब्रोकरबाट शेयर किनबेच भएको थियो ।

हेर्नुहोस् कारोबार विवरण

मार्केट डेप्थमा यस्तो देखिएको थियो देव बिकास बैंकको शेयर

गत बर्षको माघ २ गते कुमारीमा विलय हुने सम्झौता भएपछि देवको शेयर कारोबार रोक्का छ । कुमारी र देवले गत जेठ १९ गते विशेष साधारण गरी विलयको सम्झौता पारित गरेका छन् भने संयुक्त बित्तीय कारोबार भएर शेयर कारोबार खुल्नै बाँकी छ ।

सोमबार अचानक शेयर कारोबार खुलेर हल्लीखल्ली भएपछि नेप्सेले पछि कारोबारमा बन्देज लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here