स्पर्श लघुवित्तले सर्बसाधारणमा बिक्री गरेको आइपीओ समेत गरी ८ लाख २९ हजार ६ सय ३० कित्ता साधारण शेयर  धितोपत्र बजारमा सुचिकृत भएको छ ।

नेप्सेले दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी लघुवित्तको साधारण शेयर सुचिकृत गरेको हो ।

कास्कीको पोखरामा मुख्य कार्यलय रहेको स्पर्श लघुवित्तले गत फागुन २६ गतदेखि फागुन २९ गतेसम्म १ सय रुपैयाँ अंकित दरका २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

आइपीओपछि कम्पनीको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा हाल संस्थापकको साढे ६२ प्रतिशत र सर्बसाधारणको साढे ३२ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७१ पैसाकायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here