हिमालय उर्जाले सर्बसाधारणमा बिक्री गरेको आइपीओ समेत गरी ९९ लाख कित्ता साधारण शेयर नेप्सेमा सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले हिमालय उर्जाको शेयर बुधबारबाट  दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी मंगलबार सुचिकरण गरेको हो ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म सर्बसाधारणमा १३ लाख ६६ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो । जसमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम २० कित्ता शेयर हात पारेका थिए ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय उर्जाले खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।

आयोजनाको अनुमानित प्रतिमेगावट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । दुबै आयोजनाको अनुमानित कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ६.२१ वर्ष र डिस्काउन्टेडमा लगानी फिर्ता हुन ९.४३ वर्ष लाग्ने कम्पनीले जनाएको छ । चालु आवको अन्त्यमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ७६ पैसा, ०७६/७७ मा ११३ रुपैयाँ ४३ पैसा र ०७७/७८ मा १३१ रुपैयाँ ६६ पैसा पुग्ने अनुमान गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here