नेपाल स्टक एक्सचेञ्जमा ४ बटा कम्पनीको २ करोड ४४ लाख कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले गत बर्षको कमाइबाट शेयधनीहरुलाई वितरण गरेको १० प्रतिशत अर्थात १ करोड कित्ता बोनश शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको हो ।

ग्लोबल आइएमई बैंकले वितरण गरेको १ करोड ४२ लाख २१ हजार ४ सय १ कित्ता बोनश शेयर पनि धितोपत्र बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको छ ।

त्यस्तै कन्काई विकाश बैंकले गत बर्षको मुनाफाबाट वितरण गरेको १ लाख ५० हजार कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्सले वितरण गरेको ९८ हजार ५ सय कित्ता बोनश शेयर पनि धितोपत्र बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here