नेशनल इन्स्योरेन्सले गत बर्षको भन्दा खुद नाफा बढाएर चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत बर्षको पहिलो त्रैमाससम्ममा ६८ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले ३ महिनाको अवधिमा २६ करोड ७५ लाख रुपैयाँ खुद बिकमशुल्क आर्जन गरेको छ । गत बर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड १७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले बिमा कोष ९८ करोड ९८ लाखबाट ९९ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । उसको जगेडा कोषमा साढे २८ करोड रुपैयाँ ऋणत्मक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here