नेस्नल लाईफ इन्स्योरेन्स कम्पनीको ७ लाख ५१ हजार ८६० कित्ता र अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस शेयर गरि कुल १३ लाख १८ हजार ५६० कित्ता बोनस शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

नेस्नल लाईफ इन्स्युरेन्सको गत कार्तिक २४ गते सम्पन्न ३१औं बार्षिक साधारणसभाबाट परित भएको २.५ प्रतिशत बोनस शेयर धितोपत्र बजारमा स्विकृत भएको थियो । उक्त बोनस शेयरमा प्रतिकित्ता ४४३ रुपैयाँका दरले मुल्य समायोजन गरेको थियो । सोही साधारण सभाबाट १२ प्रतिशत नगद लाभांश समेत वितरणको प्रस्ताव पारित गरेको थियो ।

त्यस्तै अर्को कम्पनी अपि पावर कम्पनीको ५ लाख ६७ हजार कित्ता बोनस शेयर पनि धितोपत्रबजारमा सुचिकृत भएको छ ।

कम्पनीको २०७५/०७६ मा कायम चुक्ता पुँजी १ अर्ब १३ करोड ३४ लाखको ५ प्रतिशतका दरले हुन आउने ५ लाख ६७ हजार कित्ता वितरण गरेको थियो । उक्त शेयर हाल आएर मात्र धितोपत्र बजारमा सुचिकृत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here