पञ्चकन्या माई हाइड्रोपावरको नोक्सानी बढेर प्रतिकित्तामा लगानीकर्ताले ३ रुपैयाँ ६० घाटा ब्यहोर्नु परेको छ । गत बर्षको तेस्रो त्रैमासमा १ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा ३ करोड ९६ लाख रुपैयाँ नोक्सानी व्यवहोरेको वित्तीय विवरण सर्वाजनिक गरेको छ ।

कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानमाी गिरावट आउदा र खर्चमा नियन्त्रण गर्न नसक्दा उसको नोक्सानी अझै बढेको हो । गत बर्ष बिद्युत बिक्रीबाट २७ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा २६ करोड ७३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ३० करोड २७ लाख रुपैयाँ प्रशाशनिक खर्थ गरेको छ जुन गत बर्षको तुलनामा ६ करोड ७१ लाख रुपैयाँले बढि हो ।

गत बर्ष ४ करोड ८ लाख रुपैयाँले ऋणत्मक रहेको कम्पनीको जगेडा कोष चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ४६ लाख रुपैयाँले ऋणत्मक बनेको छ । कम्पनीले चुक्ता पुँजी ९९ करोडबाट बढाएर एक अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीमा एक अर्ब ८६ करोड रुपैयाँ दीर्घकालीन ऋण रहेको छ ।उसको प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ६७ पैसा रहेको छ ।

कम्पनीले हाल ईलामको माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here