कोरोना संक्रमण बढेर पर्यटन ब्यवसाय थला परेपछि देशको मुद्यय पर्यटकीय क्षेत्र पोखरामा बैंकहरुले प्रबाह गरेका कर्जाको सावाँ ब्याज असुली संकटमा परेको छ ।

होटल पोखरा भ्युको खाली टेबल र हिमालको दृश्य

पोखरा केन्द्र भएर संचालनमा आएका पर्यटन ब्यवसायमा बैंक तथा बित्तीय संस्थाहरुले गरेको लगानी कोरोना संक्रमण शुरु हुनुभन्दा अगाडि नै असुली प्रभावित भएको थियो, अहिले त असुली नै संकटमा परेको छ । यसै कारणले बैंक तथा बित्तयि संस्थाहरुको निस्क्रिय कर्जा अनुपात ह्वात्तै बढ्ने देखिएको छ ।

पर्यटन ब्यवसायमा सुधार नआई बैंकको कर्जाको सावाँ र ब्याज भुक्तानी गर्न नसकिने ब्यवसायीहरुले बताएका छन् । सार्वजनिक भएको तथ्यांक अनुसार बैंकहरुले गण्डकी प्रदेशमा प्रवाह गरेको ११ अर्ब ९० करोड ऋण असुली संकटमा परेको छ ।

दुई महिना भन्दा बढी समयदेखिको लकडाउनमा पर्यटन ब्यवसायीले ब्यवसाय बन्द गरेकाले फेरि अब कहिलेदेखि ब्यवसाय खुलेर पहिलेकै सहज अवस्थामा फर्किने हो भन्ने अन्योल देखिएको छ ।

पर्यटन ब्यवसाय चौपट्ट भएकाले सरकार र राष्ट्र बैंकले राहत प्याकेज ल्याउनुका साथै ब्याज दर घटाउने, समय अवधि थप्ने र पुनर्कर्जा दिने जस्ता उपायहरु तत्काल अबलम्बन गर्नुपर्ने माग ब्यवसायीहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here