नेपाल पुनर्बिमा कम्पनीको आईपीओमा आबेदन दिने म्याद एक दिन बााकी रहँदा झण्डै ३ लाख जनाले आबेदन गरेका छन् ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले जनाए अनुसार बिहीबार साँझ ५ बजेसम्ममा दुई लाख ९३ हजार २ सय ६९ आबेदकबाट तीन अर्ब ८९ करोड भन्दा बढी रकम बराबरको शेयर माग भएको छ । यसको आधारमा भन्दा पुनर्बिमाको एक करोड ६० लाख कित्ता शेयरका लागि चार लाख भन्दा बढीले आबेदन गर्नसक्ने स्पष्ट देखिएको छ । अन्तिम दिन धेरै आबेदन पर्ने गर्दछ । शुक्रबार यस आईपीओमा आबेदन गर्ने अन्तिम दिन हो ।
कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।
इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले आईपीओलाई कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा माथि रहेको जनाउँने इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ।