नेपाल पुनर्बिमा कम्पनीले बिक्रीमा आएको एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओमा शुक्रबार अन्तिम दिनसम्ममा चार लाख पाँच हजार भन्दा बढीले आबेदन गरेका छन् ।

कुल रकम पाँच अर्ब ५० करोड रुपैयाँ भन्दा बढीको आबेदन परेपछि यसको बाँडफाँडबारे सर्बसाधारणमा चासो बढेको पाईएको छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्टका अनुसार चार लाख पाँच हजार आवेदकले आबेदन गर्दा साढे पाँच अर्ब रकम जम्मा भएको हो । एक करोड ६० लाख कित्ता मध्ये सर्बसाधारणको भागमा एक करोड ५१ लाख २३ हजार कित्ता छ्ट्याईएको छ ।

धितोपत्र बोर्डको हालको बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आबेदकको हातमा कम्तिमा ३० कित्ता पर्नसक्ने संभावना छ । १०, २० र ३० कित्तासम्म आबेदन गर्नेहरुले आबेदन गरे अनुसारकै शेयर पाउने हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here