जेठ २५ गते २८ बर्ष पुरा भएको नेपालको पूँजी बजारको सर्वोच्च नियमनकारी निकाय धितोपत्र बोर्डले बर्षेनी गर्ने आफ्नै बाचा पुरा गर्न नसक्दा पूँजी बजार र लगानीकर्ताहरुमा निराशा देखा पर्ने गरेको छ ।

धितोपत्र बोर्डले चालु आर्थिक बर्ष २०७६, ०७७ मा बार्षिक योजनामा समाबेश गरी गर्ने भनेका १६ वटा मुख्य कामहरु कति भए, कति भएनन् भनी लेखाजोखा गर्दा निराशाजनक चित्र देखापर्छ ।

बोर्डले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेका कार्यक्रमको एउटा अंश

आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम

अब बोर्डले यस बर्ष के गर्ने भनेको थियो, के भयो भन्ने कुरा तुलना गरी हेरौं

धितोपत्र बोर्डको आ. व २०७६,०७७ को कार्यक्रम र कार्यान्वयनको अबस्था

यसरी हेर्दा धितोपत्र बोर्डले मोटो पुस्तक छापेर आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि कार्यान्वयन पक्ष भने फितलो रहेको स्पष्ट हुन्छ । आउने बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु अघि बिगत र चालु बर्षका लागि सार्वजनिक गरिएका कार्यक्रमहरु किन भएनन् भनी गंभीर समीक्षा हुनु जरुरी छ ।

धितोपत्र बोर्डबाट भएका प्रयासमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्से लगायतका निकायबाट अबश्य नै ब्यवधानहरु भएका छन् तर धितोपत्र बोर्ड पूँजी बजारको सर्वोच्च नियमनकारी निकाय भएकाले अरुमाथि दोष थुपारेर उम्किन सक्दैन । नयाँ बर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदा बोर्डको नयाँ नेतृत्वको ध्यान यसमा अबश्य जानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here